'नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज'

बैशाख ९, २०८३

काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ । कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् ।
नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइन्छ ।
जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
स्थापनाको ८ दशक पुग्न लाग्दा पटक-पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो ।
श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ ।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका कम्युनिष्ट पार्टीहरूले कार्यक्रमको आयोजना गरेका छन् ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ