'मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल'

बैशाख ४, २०८३

काठमाडौँ । राजनीतिक गतिविधिमा सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले जनसंगठनका नेताहरुसँग छलफल गरेकी छन् ।
उनले असार १४ गते आयोजना गरिने मदन भण्डारी हिरक जयन्ती कसरी मनाउने ? भन्ने विषयमा सुझाव संकलन गरेको स्वकीय सचिव राजकुमार राईले बताए ।
एमालेको ११ औँ महाधिवेशनपूर्वको जिम्मेवारीमा जनसंगठन समन्वय गर्ने वर्तमान केन्द्रीय सचिव भानुभक्त ढकाल पनि उक्त छलफलमा सहभागी थिए । ढकाल ओलीनिकटका हुन् ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले व्यहोरेको क्षति र त्यसपछि पार्टी नेतृत्व तथा सिंगो सांगठानिक संरचनाका बारेमा चलेका बहसका बारेमा भण्डारीले कुनै धारणा राखेकी छैनन् ।
नयाँ बानेश्वर, थापागाउँस्थित मदन भण्डारी फाउण्डेशनको कार्यालयमा उनले ती नेताहरुलाई बोलाएकी थिइन् । उनी फाउण्डेशनकी संरक्षक हुन् । उक्त फाउण्डेशनकी अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी हुन् ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ