'नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी'

बैशाख १, २०८३

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८३ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नयाँ वर्षले सबै नेपालीमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना गर्नुभएको हो ।

विज्ञापन
No data was found

पूर्वराष्ट्रपति भण्डारीले नयाँ वर्षलाई विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ । सन्देशमा भनिएको छ:”नयाँ वर्षले व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् ।”
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको उल्लेख गर्दै उहाँले बदलिएको परिस्थितिमा राजनीतिक दलहरू थप जिम्मेवार हुनुपर्ने औंल्याउनुभएको छ । जनताको भावना, अपेक्षा र बढ्दो असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्न उहाँको आग्रह छ ।

विज्ञापन
No data was found

उहाँले अबको बाटो जनमुखी कार्यक्रम र कार्यशैलीलाई प्राथमिकता दिने हुनुपर्नेमा विशेष जोड दिनुभएको छ ।
राजनीतिक दलहरूको सान्दर्भिकता कायम राख्न समयानुकूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपतिले निम्न बुँदाहरूमा जोड दिनुभएको छ:

विज्ञापन
No data was found

नवीन सोच: परम्परागत ढर्रालाई त्यागेर नयाँ चिन्तनको विकास ।
प्रविधिको प्रयोग: आधुनिक प्रविधिलाई आत्मसात् गर्दै पार्टीलाई रूपान्तरण गर्ने ।
नयाँ पुस्ताको सहभागिता: युवाहरूको सक्रियता र नेतृत्वदायी भूमिकाको सुनिश्चितता ।
अन्त्यमा, उहाँले समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ सङ्कल्पसहित अघि बढ्न सबैमा आह्वान समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ