'नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा'

बैशाख १, २०८३

काठमाडौं । बिहारका मुख्यमन्त्री नीतीश कुमारले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार राज्यपालसमक्ष आफ्नो राजीनामा पत्र बुझाएको पुष्टि गरेका हुन्।

विज्ञापन
No data was found

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक वक्तव्य जारी गर्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। साथै, उनले आगामी नयाँ बन्ने सरकारलाई आफ्नो तर्फबाट “पूर्ण सहयोग र मार्गदर्शन” रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्
आफ्नो करिब दुई दशक लामो राजनीतिक यात्रालाई स्मरण गर्दै नीतीश कुमारले भने, “२४ नोभेम्बर २००५ मा पहिलोपटक राज्यमा एनडीए (NDA) सरकार गठन भएको थियो। त्यसयता बिहारमा कानुनको शासन स्थापित भएको छ र हामी निरन्तर विकासका काममा लागिरहेका छौं।”
उनले आफ्नो नेतृत्वमा भएका उपलब्धिहरूको चर्चा गर्दै
केन्द्र राजनीतिमा प्रवेशको संकेत गरेका छन्।
नीतीश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिनुको मुख्य कारण उनको केन्द्रीय राजनीतिमा बढ्दो सक्रियतालाई मानिएको छ। यसअघि गत मार्च महिनामा उनी बिहारबाट राज्यसभा सदस्यमा निर्वाचित भइसकेका छन्। उनले सांसदको रूपमा शपथ समेत ग्रहण गरिसकेकाले अब उनी दिल्ली केन्द्रित राजनीतिमा सक्रिय हुने देखिएको छ।
नीतीश कुमारको राजीनामासँगै बिहारमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। राजनीतिक विश्लेषकहरूले यसलाई बिहारको राजनीतिमा एक महत्वपूर्ण मोडको रूपमा हेरेका छन्।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ