'हर्क साम्पाङको दार्चुला यात्रा: दुम्लिङमा आँसु र आश्वासनको सङ्गम'

चैत्र २४, २०८२

काठमाडौं । श्रमदानमार्फत महाकालीमा पुल बनाउने घोषणा गरेर प्रतिस्थापन गर्ने भनेर दार्चुलाको दुम्लिङ पुगेका हर्क साम्पाङ धरधरी रोएका छन् । दुम्लिङबासीको पीडा सुनेर उनी भक्कानिएका हुन् ।

विज्ञापन
No data was found

संसदबाट केही दिनको छुट्टि लिएर हर्क दुम्लिङ पुगेपछि स्थानीयले सम्मान कार्यक्रम राखेका थिए । हर्कलाई स्थानीयले खदा, माला र स्थानीय संस्कृति अनुसार फेटा पहिर्याइदिए, टीका लगाइदिए । कार्यक्रमको सुरुवातमा स्थानीयबासीको तर्फबाट कौशिला बुढाथोकीले सम्बोधन गरिन् । उनले हर्क साम्पाङ आफ्नो गाउँमा आएपछि खुसीका दिन आउने अपेक्षा राखिन् ।

विज्ञापन
No data was found

लिखित पत्र पढ्दै उनले भनिन्, ‘अब हाम्रा खुसीका दिन सुरु हुनेछन् । सडक निर्माण हुनेछ । हाम्रो गाउँ तुइनमुक्त हुनेछ । पुल निर्माण हुनेछ । तुइनबाट ज्यान गुमाउने अवस्था कसैको पनि आउने छैन । गाउँका कोही पनि टुहुरा, विधवा हुने दिन आउने छैन ।’

विज्ञापन
No data was found

साथै आफ्नो गाउँको आवाज उठाइदिएकोमा हर्कलाई धन्यवाद दिँदै गाउँलेको तर्फबाट ज्ञापनपत्र बुझाइन् । ज्ञापनपत्र बुझाउँदै मागहरु पनि पढेर सुनाइन् ।

– महाकाली नदीमा तुइनमुक्त घोषणा गरौं । हामीले धेरै दुःख पाइरहेका छौं । सबै कुरामा भारतमा निर्भर छौं । यो कुराको हल गरिदिनु होला ।
– तुइनबाट खसेर अकालमै ज्यान गुमाएका परिवारको शिक्षाको व्यवस्थापन गरिदिनुहुन अनुरोध गर्दछौं ।
– एनटिसीको नेटवर्क दिनमा मात्र राम्रोसँग टिप्छ, राति टिप्दैन । यहाँ दुम्लिङ डाँडामा एउटा टावर राखिदिनु हुन अनुरोध गर्दछौं ।
– व्यास गाउँपालिका तल्लो दुम्लिङको महाकालीले क्षति पुर्याएकाले बाँधको व्यवस्थापनबारे कुरा उठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

कौशिलापछि रोश्ना बुढाथोकीले आफ्नो कुरा राखिन् । गत असार ३१ मा रोश्नाको छोरा नारायण बुढाथोकीको तुइनबाट खसेर मृत्यु भएको थियो । नारायण भारतको बजारमा किनमेल गरेर फिर्ने क्रममा महाकाली नदीमा खसेका थिए ।

रोश्नाले थर्थराएको स्वरमा हर्कसामु आफ्नो वह पोखिन्, ‘मेरो छोरा नारायण बितेको नौ महिना भएको छ । मेरो एउटै मात्र छोरा थियो । अर्की चाहिँ छोरी छे । बुहारी छे । त्यसबेला बुहारी सुत्केरी थिई । सामान ल्याउँछु भनेर नारायण बजार गएको थियो । सामान बोकेर फिर्ने क्रममा तुइनबाट खस्यो । मेरो जीवन सानैदेखि दुखैदुःखमा बितेको छ । तीनवटा छोरा थिए, सबै बिते । बुढा ९श्रीमान० पनि छैन । कति दुःख गरेर, भारी बोकेर, मल बोकेर छोरा हुर्काएकी थिएँ, मर्यो । छोरी पराई घर जाने भइहाली । म कहाँ जाने, के गर्ने हो हजुर । कसले मेरो पीडा बुझिदिने १ हजुृरहरु आउनुभएको छ । धेरै बोल्न त जान्दिनँ, यति नै दुई शब्द बोल्छु भनेर आएकी हो ।’

रोश्नाको पीडा सुनेपछि हर्कले आफूलाई सम्हाल्न सकेनन् । मन्चमै भक्कानिए । आँसु पुछ्दै बोले, ‘भन्नलाई मेरो केही शब्द छैन । तपाईंहरुले भनिहाल्नुभयो, मैले महसुस गरेँ । पुल बनाउँछौं । तपाईहरुलाई सकेको सहयोग गर्छौं । म केही भन्न सक्ने स्थितिमा छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ