'दिल निशानीको एकमहिने एक्स्पोज अभियान'

चैत्र १२, २०८२

काठमाडौँ । सामाजिक सञ्जालमा सक्रिय फ्रिलान्स लेखक दिल निशानी मगरले नेपालभर भएका विकास निर्माणका तस्बिरहरू सार्वजनिक गर्दै देशमा भएको वास्तविक प्रगतिलाई देखाउने अभियान सुरु गरेका छन् ।

विज्ञापन
No data was found

निशानी भन्छन्–यो मेरो एक महिने अभियान हो । सबैले साथ दिनु पर्छ, ‘देश सक्कियो, बर्दाब भयो’ भन्ने भाष्य बदल्नु पर्छ। विकास त लुकाएर राखिएको रहेछ ।’ उनका अनुसार देशभरीबाट आएका तस्बिरहरूले उनलाई अचम्मित बनाएको छ । उनले भने, ‘युरोप–अमेरिकाजस्तो सडक अनि सरकारी कार्यलयहरू देख्दा म त छक्कै परेँ ।’

विज्ञापन
No data was found

अभियान अन्तर्गत, निशानीले महाकालीमा बनेको चार लेनको पुलदेखि सुदूरपूर्व पाँचथरको फाल्गुनन्द गाउँपालिकाको भवनसम्मका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरेका छन् । साथै, शिक्षा, स्वास्थ्य, सकड, विद्युततलगायतका क्षेत्रमा भएका प्रगतिका उदाहरण पनि उनले प्रस्तुत गरेका छन् ।

विज्ञापन
No data was found

उनले प्राकृतिक दृश्यको तस्बिर नदिन आग्रह गरेका छन् । ‘अभियानको उद्देश्य देशभरका विकास परियोजनालाई जनतासम्म पुर्‍याउनु र सकारात्मक दृष्टिकोण सिर्जना गर्नु हो ।’ उनले थपे, ‘देशमा देखाइनुपर्ने कुरा लुकाइएको छ । स्थानीय जनप्रतिनिधिले गरेको कामलाई नजरअन्दाज गरिएको छ । न्यु मिडियामा नकारात्मकताको बाढी आएको छ । बाटो, स्कूल, अस्पताल, बिजुलीजस्ता पूर्वाधार सन्तोषजनक छन् । विकासका कुरा जुनसुकै सरकारको भए पनि भन्न डराउनु पर्दैन ।’

उनको अभियानले नेपालमा भएको वास्तविक विकासलाई उजागर गर्ने र जनतामा सकारात्मक दृष्टिकोण फैलाउने लक्ष्य राखेको छ । यो अभियान एकमहिना सम्म चलाउने उनको योजना छ । अभियानमा जोडिन सबैलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला