'भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला'

चैत ३०, २०८२

काठमाडौं । समाज कल्याण परिषद्ले राजधानीको भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गरी लामो समयदेखि भाडा नतिर्ने संस्थाहरूमाथि कडा कारबाही सुरु गरेको छ । परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत
सहित २० वटा विभिन्न कार्यालय र व्यावसायिक संरचनामा तालाबन्दी गरेको हो ।

विज्ञापन
No data was found

पटक–पटक सार्वजनिक सूचना जारी गर्दा र ताकेता गर्दा समेत भाडा तिर्न अटेर गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको परिषद्ले जनाएको छ ।
१० करोड बक्यौता, ताला लागेका मुख्य संस्थाहरू
परिषद्का सदस्य सचिव सरोज कुमार शर्माका अनुसार भृकुटीमण्डप क्षेत्रमा रहेका विभिन्न सङ्घ–संस्था र व्यवसायबाट हाल १० करोड रुपैयाँभन्दा बढी भाडा असुल हुन बाँकी छ ।
“हामीले धेरै पटक समय दियौँ, तर भाडा बुझाउन कसैले चासो देखाएनन्,” सदस्य सचिव शर्माले भन्नुभयो, “त्यसैले पहिलो चरणमा २० वटा संरचनामा ताला लगाएका छौँ । अब भृकुटीमण्डपभित्र रहेका सबै संरचनालाई पूर्ण रूपमा व्यवस्थित गरिनेछ ।”
परिषद्ले ताला लगाइएका ती कार्यालय तथा व्यवसायहरूलाई सात दिनभित्र सम्पूर्ण बक्यौता रकम बुझाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र रकम नबुझाएमा कानुन बमोजिम थप कडा प्रक्रिया अगाडि बढाइने परिषद्को चेतावनी छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको विशेष निर्देशनपछि परिषद्ले यो कडा कदम चालेको हो । मन्त्री बादीले सरकारी सम्पत्तिको दोहन रोक्न र वर्षौँदेखि उठ्न नसकेको राजस्व सङ्कलन गर्न कडा निर्देशन दिनुभएको थियो ।
भृकुटीमण्डप क्षेत्रमा अवस्थित प्रदर्शनी कक्ष, पसल र कार्यालयहरूले वर्षौँदेखि न्यून भाडामा बस्दै आएको र त्यो समेत नतिर्ने गरेको गुनासो बढ्दै गएको थियो । परिषद्को यो पछिल्लो ‘एक्सन’ सँगै भृकुटीमण्डपको व्यवस्थापनमा सुधार आउने र राज्यकोषमा ठुलो रकम जम्मा हुने अपेक्षा गरिएको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

2

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

3

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

4

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

5

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

6

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

यो पनि पढ्नुहोस

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

कर्णालीमा बेपत्ता फोर्स गाडी खोज्न अत्याधुनिक उपकरणसहित गोताखोर परिचालन