'बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने'

श्रावण २, २०८३

हेटौँडा । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता साझेदारी अन्त्य भएसँगै बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने भएका छन्।

विज्ञापन
No data was found

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्देशनपछि सरकारमा रहेका एमालेका मन्त्रीहरूले पदबाट बाहिरिने निर्णय गरेका हुन्। केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नुको औचित्य नरहेको निष्कर्ष दलले निकालेको छ।

विज्ञापन
No data was found

यसअघि बिहीबार नै राजीनामा दिने तयारी गरिए पनि केन्द्रीय निर्देशन पर्खिंदा रोकिएको प्रक्रिया पछिल्लो राजनीतिक विकासक्रमसँगै अघि बढाइएको एमाले स्रोतले जनाएको छ। नयाँ सत्ता समीकरण निर्माणका लागि मार्ग प्रशस्त गर्न एमालेले यो कदम चाल्न लागेको हो।

विज्ञापन
No data was found

हाल बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ सहभागी छन्। मन्त्रालयको संख्या १४ बाट ८ मा झारिएकाले उनीहरूमध्ये केही मन्त्री विनाविभागीय रूपमा कार्यरत थिए।

एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार संकटमा पर्ने वा नयाँ समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने विषय आगामी राजनीतिक छलफलले तय गर्नेछ। केन्द्रको गठबन्धन फेरिएसँगै यतिबेला अन्य प्रदेशहरूमा पनि सरकार पुनर्गठनको प्रक्रिया सुरु भइसकेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

2

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

3

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

4

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

5

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

6

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

यो पनि पढ्नुहोस

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

कर्णालीमा बेपत्ता फोर्स गाडी खोज्न अत्याधुनिक उपकरणसहित गोताखोर परिचालन