'विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै'

असार २५, २०८३

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु हुँदैछ । पहिलो क्वार्टरफाइनल खेलमा उपाधिको प्रमुख दावेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को बोस्टन रंगशालामा आमनेसामने हुँदैछन् । यस प्रतियोगितामा फ्रान्स अहिलेसम्मकै सबैभन्दा सन्तुलित टोलीको रूपमा देखिएको छ । अहिलेसम्मका पाँचै खेलमा जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले विपक्षी विरुद्ध १४ गोल गरिसकेको छ भने मात्र २ गोल ब्यहोरेको छ।

विज्ञापन
No data was found

जारी विश्वकपमा गोल्डेन बुटका दावेदार केलियन एम्बाप्पेले ५ खेलमा ७ गोल गर्दै टोलीलाई नेतृत्व गरिरहेका छन् । एम्बाप्पेसँगै ओस्मान डेम्बेले, माइकल ओलिसे र ब्राडली बारकोला जस्ता खेलाडीको साथ पाएको फ्रान्सेली टोलीको अग्रपंक्ति यस प्रतियोगिताकै सबैभन्दा घातक मानिएको छ । फ्रान्सले समूह ‘आई’ मा नर्वे, सेनेगल र इराकलाई हराउँदै ९ अंकका साथ शीर्ष स्थान हासिल गरेको थियो ।

विज्ञापन
No data was found

त्यसपछि नकआउट चरण अन्तर्गत अन्तिम ३२ मा स्विडेनलाई ३-० ले सहजै पाखा लगाएको फ्रान्सले अन्तिम १६ को खेलमा पराग्वेलाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराग्वे विरुद्धको खेल कठिन भए पनि टोलीले संयमता र परिपक्वता देखाउँदै जित निकालेको फ्रान्सका सहायक प्रशिक्षक गुई स्टेफानले बताएका छन् । उनले मोरक्को एक सुव्यवस्थित, संरचित र काउन्टर अट्याकमा उत्कृष्ट टोली भएकोले आजको खेल निकै चुनौतीपूर्ण हुने स्वीकार गरेका छन् । तेस्रो पटक विश्वकप उपाधि जित्ने दाउमा रहेको फ्रान्सका लागि आजको खेल सहज भने हुनेछैन ।

विज्ञापन
No data was found

यता, चार वर्षअघि कतार विश्वकपमा स्पेन र पोर्चुगल जस्ता हेभीवेट टोलीलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी र अरब राष्ट्र बनेको मोरक्को अब केवल ‘अन्डरडग’ मात्र होइन । मोरक्को विश्व फुटबलकै बलियो सम्भावना बोकेको टिमका रुपमा उदाइरहेको छ । सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकोन) विजेता मोरक्को हाल लगातार ३४ खेलमा अपराजित रहँदै फिफा वरीयताको छैटौँ स्थानमा छ ।

मोरक्कोका प्रशिक्षक मोहम्मद ओवाबीले आफ्नो टोली अब कसैका लागि सरप्राइज नभएको र यो यात्राको सुरुवात मात्र भएको बताएका छन् । जारी विश्वकपमा स्कटल्याण्ड र हाइटीलाई हराउँदै तथा ब्राजिलसँग बराबरी खेल्दै मोरक्को ७ अंकका साथ को समूह ‘सी’ मा दोस्रो भएको थियो । नकआउट चरणको अन्तिम ३२ मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३-२ ले स्तब्ध पारेको मोरक्कोले अन्तिम १६ मा क्यानाडालाई ३-० को सहज नतिजाले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो। मोरक्कोका लागि विङ्गर ब्राहिम डियाजले ४ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने सुफियान राहिमी र अजेदिन उनाहीले दुई-दुई गोल गरेका छन् ।

ऐतिहासिक रूपमा यी दुई टोली हालसम्म ६ पटक आमनेसामने भएका छन्, जसमा फ्रान्सले ४ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् । यी दुई टोलीबीचको पछिल्लो भेट सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा भएको थियो, जहाँ मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको थियो । आज राति हुने खेलमा मोरक्को सोही पराजयको बदला लिँदै लगातार दोस्रो पटक सेमिफाइनल पुग्ने दाउमा हुनेछ भने फ्रान्स आफ्नो अपराजित यात्रा कायमै राख्दै उपाधि नजिक पुग्न मैदान उत्रनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

2

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

3

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

4

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

5

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

6

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

यो पनि पढ्नुहोस

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

कर्णालीमा बेपत्ता फोर्स गाडी खोज्न अत्याधुनिक उपकरणसहित गोताखोर परिचालन