'ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई'

फाल्गुन २८, २०८२

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेको छ।

विज्ञापन
No data was found

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार नियमित प्रेस ब्रिफिङका क्रममा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरिएको जनाएका छन् ।

विज्ञापन
No data was found

साप्ताहिक मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता जैसवालले नेपालमा हालै सम्पन्न निर्वाचनको सफल समापनप्रति भारत सरकारले स्वागत गरेको बताएका हुन्।

विज्ञापन
No data was found

प्रवक्ताका जैसवालकाा अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका पनि बताएका छन्। उनीहरूलाई निर्वाचनमा प्राप्त सफलताका लागि प्रधानमन्त्री मोदीलेविशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा प्राप्त गरेको उल्लेखनीय सफलताका लागि उनले शुभकामना व्यक्त गरेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका थिए।

उनले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्य हासिल गर्न दुई देशबीचको सहकार्यलाई अझ उच्चस्तरमा पुर्‍याउने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

भारत र नेपालबीचको सम्बन्ध अद्वितीय र बहुआयामिक रहेको उल्लेख गर्दै आगामी दिन तथा वर्षहरूमा यो साझेदारी अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको पनि मन्त्रालयले बताएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला