'इरान संकट गहिरिँदै, १८१ बालबालिकासहित हजारौँ सर्वसाधारण मृत'

फाल्गुन २०, २०८२

अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार बढीको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको छ । एचआरएएनएका अनुसार इरानमा ६ दिनमा एक हजार ९७ जना सर्वसाधारणको मृत्यु भएको हो।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

मृतकमध्ये १८१ जना १० वर्षमुनिका बालबालिका रहेको उक्त एजेन्सीले जनाएको छ।

विज्ञापन
No data was found

एचआरएएनएका अनुसार घाइते हुने नागरिकको सङ्ख्या ५ हजार ४०२ पुगेको छ । घाइतेमध्ये सय भन्दा बढी बालबालिका छन्।

पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा १०४ वटा आक्रमण भएका छन्। यी आक्रमण सैन्य अखडा, चिकित्सा केन्द्र र आवासीय क्षेत्रहरूमा लक्षित रहेको एजेन्सीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पहिले आक्रमण गर्ने तयारी गरेको सूचना पाएपछि इजरायलसँग मिलेर प्रतिकारको आदेश दिएको बताएका छन्।

इरानले इजरायल र अमेरिकी सैन्य अखडामा जवाफी हमला जारी राखेको छ, जसमा दुबईस्थित अमेरिकी दूतावास र फुजैराह बन्दरगाहमा आक्रमण भएका छन्।

इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने घोषणा गरेपछि यसले विश्वव्यापी तेल आपूर्तिमा सङ्कट पैदा हुने देखिएको छ ।

मध्यपूर्व अर्थात् खाडी क्षेत्रमा युद्धले तनाव बढ्दा त्यसको असरमा नेपालमासमेत देखिएको छ । खाली राष्ट्रमा मात्र करिब १८ लाख नेपाली रहेकाले मध्यपूर्वको तनाव नेपालीका घरघरमा पुगेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला