'आज पहाडी जिल्लामा होलीको उल्लास'

फाल्गुन १८, २०८२

काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ र सरकारले पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको सन्देशसहित प्रेमभाव र आत्मीयताका साथ अबिर र रंग दलेर मनाउने परम्परा छ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरुले मर्यादित ढंगले होली मनाउन शुभकामना सन्देश दिएका छन् र प्रहरीले उश्रृङ्खल क्रियाकलाप नगर्न सचेत गराएको छ।
१८ फागुन, काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।
यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।
प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला