'एन्फाले साथ नदिँदा उपचार खर्च जुटाउन साम्बाको हारगुहार'

फाल्गुन ११, २०८२

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकहरूलाई आर्थिक सहयोगको अपील गरेकी छन् । चोटका कारण गम्भीर बिरामी परेकी उनले उपचार गरेर मैदान फर्किनका लागि आवश्यक उपचार गराउन आर्थिक सहयोग संकलन अभियान सुरु गरेकी हुन्।

विज्ञापन
No data was found

सावित्राले पछिल्लो सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण आफू मैदानबाहिर रहेको खुलासा गरेकी छिन्। पहिले गरिएको शल्यक्रियामा राखिएको ग्राफ्ट र एमसिएलमा पुन: चोट लागेकाले जटिल शल्यक्रियाको आवश्यकता रहेको उनले खुलाएकी छन्।अघिल्लो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको सहयोगले उपचार सहज भए पनि यस पटक कुनै साथ नमिलेको उनले खुलाएकी छन् ।‘तर यसपटक एन्फाबाट अपेक्षित प्रशासनिक र आर्थिक सहयोग प्राप्त भएन’, उनले भनेकी छन्, ‘आर्थिक अभावकै कारण शल्यक्रियाको मिति दोहोर्‍याएर तय गर्नुपरेको छ।’

विज्ञापन
No data was found

सावित्राले हाल आवद्ध क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न चाहे पनि आफूले कतार जाने योजना बनएको खुलाएकी छन् ।

विज्ञापन
No data was found

‘क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउने तयारी देखाएको छ, तर म उच्चस्तरको उपचारका लागि पुन: कतारको अस्पातारमा जान चाहन्छु’, उनले भनेकी छन्, ‘कूल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान रहेको छ।’

उनले आफ्ना समर्थकहरुलाई सहयोगको लागि क्युआर वा बैंकमार्फत् आर्थिक योगदान दिन आग्रह गरेकी छिन्। विदेशी समर्थकहरुले ‘गिभअलिटिल’ लिंकमार्फत् सहयोग गर्न पनि उनले अपिल गरेकी छन् ।

सावित्राले आफ्नो भावनात्मक अपीलमा भनेकी छन्, ‘यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। थाकेको हो, तर हारेको छैन। फेरि एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।’

उनको यो अपीलले खेलकुद र सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ । समर्थकहरुले सहयोग जुटाउने पहल सुरु गरेका छन्। उता एन्फाको भूमिकालाई लिएर फेरि एक पटक प्रश्न उठेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला