'बंगलादेशको राजनीति दक्षिणतर्फ मोडिदै'

फाल्गुन १, २०८२

काठमाडौं। बिहीबार सम्पन्न चुनावको नतिजा सार्वजनिक भएसँगै बंगलादेशको राजनीति अब दक्षिणपन्थी बाटोतर्फ मोडिएको छ । यस निर्वाचनको अनौपचारिक नतिजामा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले दुई तिहाइ बहुमत प्राप्त गरेको छ ।

विज्ञापन
No data was found

बंगलादेशको द डेली स्टारले जनाएअनुसार कुल २ सय ९९ सिट रहेको बंगलादेशी संसदमा बीएनपीले २ सय १० सिट प्राप्त गरेको छ । दोस्रो भएको इस्लामवादी पार्टी जमात ए इस्लामी र उसका साझेदारले ६९ सिट प्राप्त गरेका छन् ।

विज्ञापन
No data was found

इस्लामी आन्दोलन बंगलादेशले एक र अन्य पार्टीले छ सिट पाएका छन् ।

विज्ञापन
No data was found

निर्वाचनमा जित हासिल गरेपनि पार्टीले सडकमा विजयोत्सव नमनाउने जनाएको छ । बरु, मस्जिदमा शुक्रबारको नमाज पढ्न आफ्ना समर्थकलाई बीएनपीले आह्वान गरेको छ ।

तत्कालीन राष्ट्रपति जियाउर रहमानले सन् १९७८ मा स्थापना गरेको बीएनपी बंगलादेशी राष्ट्रवादको हिमायती मानिन्छ । लामो समयसम्म यस पार्टीलाई रहमानकी श्रीमती तथा वर्तमान बीएनपी नेता तारिक रहमानकी आमा बेगम खालिदा जियाले नेतृत्व गरेकी थिइन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला