काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनको विशाल अन्तरले पराजित गरेको छ । स्कटल्याण्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको इटाली १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३४ रनमा समेटियो ।
विज्ञापन
No data was found
इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रन बनाए । ३१ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, ह्यारी मनेन्टीले २५ बलमा ३७ रन जोडे । यस क्रममा उनले १ चौका र तीन छक्का प्रहार गरे ।
विज्ञापन
No data was found
जेजे स्मट्सले २२ र एन्टोनी मोस्काले १३ रन जोड्नुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
विज्ञापन
No data was found
स्कटल्याण्डका माइकल लिस्कले चार विकेट लिए । त्यस्तै, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन, ब्राड ह्वेल र ब्राड क्युरीले समान एक विकेट लिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0