काठमाडौं। आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका कप्तान रोहित पौडेलले नखेल्ने भएका छन् ।
विज्ञापन
No data was found
अहिले चेन्नईमा हुने क्यानडाविरुद्धको अभ्यास खेलको कप्तानी रोहितको अनुपस्थितिमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । मुम्बईमा विश्वकप टिम क्याप्टेन्स मिटमा सहभागी रोहित गएपछि क्यानडाविरुद्धको खेलको कप्तानी दीपेन्द्रले पाएका हुन् ।
विज्ञापन
No data was found
पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई)सँग खेलेमा सात विकेटको जित निकालेको नेपाल अन्तिम खेलमा एसोसिएट टोली क्यानडासँग भिड्न लागेको हो ।
विज्ञापन
No data was found
नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0