'साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश बाड्ने ।'

पुस २७, २०८२

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ वार्षिक साधारणसभा पुस २५ गते सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिश नगद लाभांश कर प्रयोजनका लागि गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आ.व. २०८१/८२ मा ८७ करोड ५० लाख ६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन लगायत २०८२ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणहरु समेत सर्वसम्मत पारित गरेको छ ।
लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार आ.व २०८१/८२ मा वित्तीय संस्थाको जारी र चुक्ता पुँजी रु. ४ अर्ब ३१ करोड २६ लाख २१ हजार, कुल सम्पत्ती ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार पुगेको छ । प्रति सेयर आम्दानी रु. २०.२९, प्रति सेयर बुक नेटवर्थ रु. २३९.३८, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य आम्दानी अनुपात ४३.५९ र कुल पुँजी कोष १६.६२ प्रतिशत रहेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले गरीबी निवारणका लागि ग्रामीण क्षेत्रका साना किसानहरूलाई केन्द्रमा राखेर लगानी गर्दै आएको यस संस्थालाई अझै साना किसानहरूका लागि नभई नहुने संस्थाका रूपमा विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले सबैभन्दा पहिले गरीब र किसानहरूलाई माथि उठाउन सके देशकै अर्थतन्त्र सुधार हुने बताए । ग्रामीण क्षेत्रमा पशुपालन, दुग्धजन्य उत्पादन, तरकारी उत्पादन, साना तथा लघुउद्यम विकासका लागि लघुवित्तले प्रदान गर्दै आएको साथ र सहयोगको सार्थकता समेत प्रमाणित हुँदै गएको दाबी गरे। उनले शेयर सदस्यहरूलाई अहिलेको बदलिंदो अवस्थामा संस्थालाई बलियो बनाउने विषयमा सबैले सोच्नुपर्नेमा जोड दिए ।
यसैगरी कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बासु अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाले उद्यम र उद्यमशीलताको विकासमा आफ्नो ध्यान केन्द्रित गरेको बताए । उनले युवा, महिला र गरीब किसानहरूको आर्थिक सवलीकरणका कार्यक्रमलाई सरकारसँगै दातृ निकायहरूसंग सहकार्य गरी सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ