'कास्कीको ४०० रोपनीमा लसुन–प्याज खेती'

पुस २४, २०८२

कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग प्रदान गर्दै लसुन र प्याजको व्यावसायिक खेती विस्तार गरिरहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य लिएको छ ।

विज्ञापन
No data was found

अघिल्लो वर्ष नमूना परीक्षणका रूपमा लसुन र प्याज खेती सुरु गरिएको थियो । परीक्षण सफल भएपछि यस वर्ष किसानलाई अनुदान सहयोगमार्फत व्यावसायिक खेतीतर्फ आकर्षित गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका सातवटै वडामा करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याज खेती भइरहेको छ ।

विज्ञापन
No data was found

स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी तथा खोलाको छेउछाउका क्षेत्रहरूमा व्यावसायिक रूपमा लसुन र प्याज खेती गरिएको अध्यक्ष ओझाले बताए । गाउँपालिकाले लसुन खेतीका लागि प्रतिरोपनी १० हजार रुपैयाँ र प्याज खेतीका लागि प्रतिरोपनी आठ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

विज्ञापन
No data was found

यसैगरी, गाउँपालिकाले अदुवा खेतीलाई पनि प्राथमिकतामा राखेको छ। किसानलाई अदुवाको बीउ अनुदानमा वितरण गरिएको र हाल पालिकाभित्र करिब २५० रोपनी क्षेत्रफलमा अदुवा खेती भइरहेको अध्यक्ष ओझाले जानकारी दिए । यस वर्ष करिब ८० हजार किलो अदुवा उत्पादन हुने अनुमान गरिएको छ ।

“पालिकाका विभिन्न स्थानमा लगाइएको अदुवा राम्रोसँग फलेको छ,” अध्यक्ष ओझाले भने, “एक किलो बीउ रोप्दा एक डोकोसम्म उत्पादन भएको किसानहरूले बताएका छन् ।”

व्यावसायिक कृषितर्फ युवाहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष ओझाले गाउँपालिकाले स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार हाल एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा संलग्न भएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला