'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना'

जेष्ठ २८, २०८१

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

विज्ञापन
No data was found

गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन् । सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ जानकारी गराए पनि ढिलासुस्ती भएकाले समस्या थपिएको बताए । ‘मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले अस्पताल पठाउन प्रहरीलाई आग्रह गरेको थियो । तर, प्रहरी ढिलाइ गर्‍यो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मात्रै जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरियो,’ कर्णले भने ।

विज्ञापन
No data was found

प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ । काव्यामा उपचार भइरहेको डाक्टर एसके सिंहले बताए । ‘पहिलेदेखि नै मुटुमा समस्या देखिएपछि मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ,’ सिंहले भने, ‘क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं । अहिले हामीले गरेका परीक्षणको रिपोर्ट प्राप्त भइनसकेकाले छदेखि आठ घण्टाको बीचमा फेरि परीक्षण गराउनुपर्छ ।’

विज्ञापन
No data was found

सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको परिवारले जनाएको छ । स्वास्थ्य अवस्था असामान्य भएपछि काव्या अस्पतालका चिकित्सकले कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत जानकारी गराइएका छन् । अनिलको समेत सल्लाहमा थप उपचार अघि बढाइएको अस्पतालले जनाएको छ ।

मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई सोही दिन धनुषा पुर्‍याइएको थियो। बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो। उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुन: अदालतमा पेश गरिएको थियो। उनीमाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ।

स्राेत : Samachar Khudkilo

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला