'उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न'

जेष्ठ २८, २०८१

उदयपुर, भदौ १२
उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण) को प्रमुख आतिथ्यमा सहकारीका सचालक समिति, पदाधिकारी शेयर सदस्य र युबा ब्यबसायीहरु बिच स्वरोजगार सम्बन्धि छ्लफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन
No data was found

युवामा लगानी , समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ आत्मसात गर्दै युवाहरुलाइ स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्वेश्य अनुरुप उदयपुर कृषि सहकारी संस्थामा युबा तथा साना ब्यबसायी स्वरोजगार कोष सम्बन्धि जानकारी तथा कोष सम्वन्धि चेतना अभिबृदि गर्न उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर दाहालको अध्यक्षतामा सहकारीका सचालक समिति ,पदाधिकारी र ब्यबसायीहरुको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम सहकारीको कार्यलयमा सम्पन्न भएको छ, कार्यक्रम औपचारीक रुपमा केशब राना मगरले सन्चालन गर्नु भएको थियो, उक्त कार्यक्रममा प्रमुख अतिथी युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण) , ऋण समिति सदस्य बौवा बस्नेत, अस्विन कार्की, ,नबप्रभात नेपालका अध्यक्ष दुर्गानन्द चौधरी, युवा स्वरोजगार कोष का कर्मचारी अङ्गिस श्रेष्ठ, जिल्ला समन्वय समिती प्रतिनिधी दिनेश परीयार सिटिजन लाइफ इन्सुरेन्सका म्यानेजर मन्जु थापा एवं अन्य सरोकार वालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

विज्ञापन
No data was found

उदयपुर कृषि सहकारी संस्था वि. स. २०७१ मा स्थापना भएको संस्था हो, पुराना कार्य समिति परिवर्तन गरी विगत २ वर्ष देखि स्थानीय युवाहरुले जोश जाँगर का साथ कृषि क्षेत्रमा केहि परीबर्तन गर्नुपर्छ भन्ने साझा उदेश्यका साथ नया र आधुनिक तरिकाले सहकारी सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने कुरा जानकारी गराउँदै कार्यक्रमको सञ्चालन केशव राना मगरले गरेका थिए ।
यस उदयपुर कृषि सहकारीलाइ अझ नमूना सहकारीको रूपमा स्थापना का लागि जिल्ला भरि बाट उत्पादित कृषि जन्य वस्तु हरु संकलन गरेर नयाँ रुप दिएर विक्रीवितरण गर्ने योजना अनुसार अचार उद्योग दर्ता भई गुणस्तरिय अचार बिक्री वितरण गर्दै आइरहेको र चाँडै नै मसला र बेसार उत्पादन सुरु गर्न लागेको कुरा जानकारी गराउँदै कार्यक्रम मा उपस्थित प्रमुख अतिथि, अतिथि विभिन्न संस्था बाट प्रतिनिधित्व गर्नु हुने प्रतिनिधि हरु, सेयर सदस्यहरु, युबा ब्यबसायीहरु एवं उपस्थित सबैलाई स्वागत गर्दै संस्थाको बारेमा संस्था का प्रमोद दाहाल ले जानकारी गराउनु भयो ।

विज्ञापन
No data was found

कार्यक्रमका पमुख अतिथी युबा तथा साना व्यवसायि स्वरोजगार कोष कार्यकारी उपाध्यक्ष अर्थबिद डा. देबराज रोका (कल्याण ) ले युवा तथा साना व्यवशायी स्वरोजगार कोषले मुलुकका ७५ जिल्लामा व्यावसायीक कर्जा लगानी गरेको छ । कोषले हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा बेरोजगार यूवालाई स्वरोजगार बनाउने उदेश्यले कर्जा लगानी गरेको हो । कोरोना महामारीका बेला समेत कोषले कर्जा लगानी, अनुगमन लगायतका कामलाई तिब्रता दिएको जानकारी गराउनुभयो ।
कोषले यो बर्ष करिब साढे २ अर्ब लगानी गरेको छ । अहिले व्यावसायीक कर्जा लगानीका लागि आवेदन दिने सहकारी तथा बित्तिय संस्थाको स्थलगत अनुगमन तथा लगानी सम्झौताको कामले तिब्रता पाइरहेको कुरा जानकारी गराउनु भयो । पहिलो किस्ता पाएका सहकारीहरुले दोस्रो किस्ता बापतको रकम प्राप्त गर्ने चरणमा छन् भने गत असार मसान्त सम्म आवेदन दिएका सहकारीहरुको स्थलगत अनुगमन भईरहेको र त्यही शिलसिलामा उदयपुरमा आएर यसरी कार्यक्रममा बस्न पाउदा र केही कुराहरु जानकारी गराउन पाउदा खुसी लागेको कुरा डा. कल्याण ले जानकारी गराउनु भयो ।

श्रोत: Samajbadi sandesh

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला