'धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी, ६ जनाको अझै अस्पतालमा उपचार हुँदै'

असार २०, २०८३

News Summary

Generated by FlyUp AI. Editorially reviewed.
  • धादिङको बीचबजारमा रहेको “नुवाकोट फास्ट फूड एन्ड क्याफे: च्वास्स झोल मःम”मा मःम खाएपछि 12 जना बिरामी परेका छन्, जसमा 6 जनाको अवस्था अझै अस्पतालमा भर्ना भएर उपचार भइरहेको छ।
  • जिल्ला अनुगमन समितिले Café को सरसफाइ र खाद्य प्रविधिमा सुधार गर्न 7 दिनको म्याद दिएर नियमनात्मक निर्देशनहरू जारी गरेको छ, दूषित खानेकुराका कारण बिरामी भएकाको उपचार खर्च होटलले बोक्ने निर्णय भयो।
  • उपायहरूसँगै बजार क्षेत्रमा खाद्य स्वच्छता सम्बन्धी चिन्ता बढ्दै गएको भन्दै अनुगमनले होटल संचालकलाई खानेकुरा शुद्धता र सफाईमा कडक कदम चाल्न भनेको छ।

धदिङ। निलकण्ठ नगरपालिका वडा नम्बर ३, बीचबजारमा रहेको “नुवाकोट फाष्ट फुड एण्ड क्याफे : च्वास्स झोल मःम” पसलमा मःम खाएका १२ जना मानिस बिरामी परेका छन् । मःम खाएपछि स्वास्थ्यमा समस्या देखिएका उनीहरूलाई उपचारका लागि धादिङ अस्पताल पुर्‍याइएको थियो ।
धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक महासेठका अनुसार दुई दिनअघि अस्पताल ल्याइएका बिरामीहरूमध्ये २ जनालाई सोही दिन डिस्चार्ज गरिएको थियो । बाँकी बिरामीहरूमध्ये ६ जनाको अवस्थालाई ध्यानमा राख्दै अझै पनि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला अनुगमन समितिद्वारा अनुगमन र निर्देशन
क्याफेमा मःम खाएर मानिसहरू बिरामी परेको खबर सार्वजनिक भएलगत्तै जिल्ला अनुगमन समितिले उक्त होटलको आकस्मिक अनुगमन गरेको छ ।
अनुगमनका क्रममा समितिले होटल संचालकलाई सरसफाइ र खानेकुराको शुद्धतामा गम्भीर ध्यान दिन निर्देशन दिएको छ । जिल्ला अनुगमन समितिका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरीका अनुसार होटललाई आफ्नो सरसफाइ स्थिति र खाद्य प्रविधि सुधार गर्न ७ दिनको म्याद दिइएको छ ।
यसका साथै, दूषित खानेकुराका कारण बिरामी परेका सबै व्यक्तिहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित होटल संचालकले नै व्यहोर्नुपर्ने निर्देशन समेत समितिले दिएको प्रमुख पुरीले बताउनुभयो । बजार क्षेत्रका होटल तथा क्याफेहरूमा पछिल्लो समय खाद्य स्वच्छताको विषयलाई लिएर उपभोक्ताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
ताजा खबर
1

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

2

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

3

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

4

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

5

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

6

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

यो पनि पढ्नुहोस

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

कर्णालीमा बेपत्ता फोर्स गाडी खोज्न अत्याधुनिक उपकरणसहित गोताखोर परिचालन