'विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति'

असार १०, २०८३

काठमाडौं – विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

विज्ञापन
No data was found

अदालतको आदेशअनुसार विभागले अनुसन्धान जारी राख्नेछ। थप अनुसन्धान आवश्यक परे सात दिनको म्याद सकिएपछि पुनः विशेष अदालतबाट म्याद थप गराउनुपर्नेछ।
एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई आइतबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

2

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

3

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

4

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

5

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

6

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

यो पनि पढ्नुहोस

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

कर्णालीमा बेपत्ता फोर्स गाडी खोज्न अत्याधुनिक उपकरणसहित गोताखोर परिचालन