'नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ मकवानपुरको अध्यक्षमा अमृता श्रेष्ठ चयन'

चैत २९, २०८२

हेटौंडा | नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ मकवानपुरको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार हेटौंडामा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले अमृता श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

विज्ञापन
No data was found

कार्यक्रमको उद्घाटन नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सिलाई व्यवसायलाई आधुनिक र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो।
“स्वदेशी उत्पादन र सीपलाई प्रवर्द्धन गर्न व्यवसायीहरू एकजुट हुनुपर्छ। राज्य ले पनि साना तथा मझौला सिलाई व्यवसायीका समस्यालाई प्राथमिकतामा राख्नुपर्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।
बन्द सत्रले आगामी कार्यकालका लागि अमृता श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले मकवानपुरका सिलाई व्यवसायीहरूको हकहितका लागि आफू प्रतिबद्ध रहने र व्यवसायलाई थप व्यवस्थित बनाउन योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्लाभरका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। व्यवसायीहरूले कच्चा पदार्थको बढ्दो मूल्य र दक्ष जनशक्तिको अभाव जस्ता समस्याबारे समेत छलफल गरेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
ताजा खबर
1

सांसद गंगादेवी श्रेष्ठद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

2

ब्याज अनुदानसम्बन्धी कार्यविधि परिमार्जन हुने

3

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

4

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने

5

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

6

आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको न्यायका लागि काठमाण्डौ मा प्रदर्शन

यो पनि पढ्नुहोस

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

कर्णालीमा बेपत्ता फोर्स गाडी खोज्न अत्याधुनिक उपकरणसहित गोताखोर परिचालन